Home Nepalनागरिक एप स्मार्टसेल नेटवर्कमा पनि निःशुल्क चलाउन पाईने

नागरिक एप स्मार्टसेल नेटवर्कमा पनि निःशुल्क चलाउन पाईने

by Saroj Pandey
1 minutes read

टेलिकम सेवा प्रदायक कम्पनी स्मार्टसेलने आफ्नो नेटवर्कवाट पनि नागरिक एप निशुल्क चलाउन मिल्ने बनाएको छ। यस अघि नेपाल टेलिकमलेएनसेलले नागरिक एप आफ्नो नेटवर्कमा चलाउन डाटा शुल्क नलाग्ने बनाएका थिए।

‘अब लाइन हैन, अनलाइन’ भन्दै नेपाल सरकारले सार्वजनिक गरेको ‘नागरिक एप’ मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिन्छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी पनि लिन सकिन्छ । सो एपबाट प्यान (PAN) कार्डको आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत हेर्न सकिन्छ।

नागरिक एप सम्पूर्ण नागरिकको पहुँचमा पुर्‍याउनको लागी नेपाल सरकारले नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो र सोही आधारमा दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकहरुलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र गरेको थियो ।

You may also like