राष्ट्रको सन्चारको छबि बनाएको नेपाल टेलिकमले हालसालै नेपाल सरकारले सार्वजनिक गरेको नागरिक एप चलाउँदा डेटा शुल्क नलिने भएको छ। यो ब्यवस्था नेपाल टेलिकमले आफ्नो मोबाइल नेटवर्कमा लागु गर्न लागेको हो।
‘अब लाइन हैन, अनलाइन’ भन्दै नेपाल सरकारले सार्वजनिक गरेको ‘नागरिक एप’ मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिन्छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी पनि लिन सकिन्छ । सो एपबाट प्यान (PAN) कार्डको आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत हेर्न सकिन्छ।
नागरिक एप सम्पूर्ण नागरिकको पहुँचमा पुर्याउनको लागी नेपाल सरकारले नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो र सोही आधारमा दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकहरुलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र गरेको थियो । नेपाल टेलिकमले सो परिपत्रको कार्यान्वयन गरिसके पनि अन्य दुई सेवा प्रदायक – एनसेल र स्मार्ट टेलिकमले यस विषयमा केही भनेका छैनन।
2 thoughts on “नागरिक एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन पाईने”
Comments are closed.