Home Nepalनागरिक एप स्मार्टसेल नेटवर्कमा पनि निःशुल्क चलाउन पाईने

नागरिक एप स्मार्टसेल नेटवर्कमा पनि निःशुल्क चलाउन पाईने

by Saroj Pandey
1 minutes read

टेलिकम सेवा प्रदायक कम्पनी स्मार्टसेलने आफ्नो नेटवर्कवाट पनि नागरिक एप निशुल्क चलाउन मिल्ने बनाएको छ। यस अघि नेपाल टेलिकमले र एनसेलले नागरिक एप आफ्नो नेटवर्कमा चलाउन डाटा शुल्क नलाग्ने बनाएका थिए।

‘अब लाइन हैन, अनलाइन’ भन्दै नेपाल सरकारले सार्वजनिक गरेको ‘नागरिक एप’ मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिन्छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी पनि लिन सकिन्छ । सो एपबाट प्यान (PAN) कार्डको आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत हेर्न सकिन्छ।

नागरिक एप सम्पूर्ण नागरिकको पहुँचमा पुर्‍याउनको लागी नेपाल सरकारले नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो र सोही आधारमा दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकहरुलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र गरेको थियो ।

You may also like