नेपाल टेलिकमले नागरिक एप आफ्नो नेटवर्कमा चलाउन डाटा शुल्क नलाग्ने बनाएको भोलिपल्ट, अर्को सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कवाट पनि नागरिक एप निशुल्क चलाउन मिल्ने बनाएको छ।
‘अब लाइन हैन, अनलाइन’ भन्दै नेपाल सरकारले सार्वजनिक गरेको ‘नागरिक एप’ मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिन्छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी पनि लिन सकिन्छ । सो एपबाट प्यान (PAN) कार्डको आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत हेर्न सकिन्छ।
नागरिक एप सम्पूर्ण नागरिकको पहुँचमा पुर्याउनको लागी नेपाल सरकारले नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो र सोही आधारमा दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकहरुलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र गरेको थियो ।

1 comment
[…] बनाएको छ। यस अघि नेपाल टेलिकमले र एनसेलले नागरिक एप आफ्नो नेटवर्कमा चलाउन डाटा […]
Comments are closed.