नेपाल टेलिकमले नेपालको ४ सहरबाट फाइभजी सेवा परीक्षण गर्ने भएको छ । फाइभजी फ्रिक्वेन्सी निर्धारणको कार्य सम्पन्न भएसँगै टेलिकमले द्रुतगतिको मोबाइल इन्टरनेट सेवा फाइभजी परीक्षण गर्ने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीका लागि ७००, ९००, २६००, ३३००, ३६००,४३०० र २६ गिगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने सिफारिस गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री अध्यक्ष रहको समितिले प्राधिकरणले गरेको सिफारिसका आधारमा निर्णय गर्नेछ र सो निर्णय पछि फाइभजी सेवा परीक्षणको लागी नेपाल टेलिकमलाई बाटो खुल्नेछ। नेपाल टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षणका लागि आवश्यक तयारी गरिरहेको छ।